दफा ६५
सम्पत्ति तथा कोष प्राप्त वा प्रयोग सम्बन्धमा
(१) संयुक्त राष्ट्र सङ्घ, सुरक्षा परिषद्को सम्बन्धित प्रस्ताव (रेजोलुसन) बमोजिम अनुमति वा अधिकारप्राप्त वा अन्य किसिमको जानकारी प्राप्त भएको अवस्थामा बाहेक ऐनको दफा २९छ. बमोजिम नेपाली वा बिदेशी व्यक्ति वा कसैले पनि- सम्पत्ति तथा कोष, आर्थिक साधन, स्रोत, वित्तीय वा अन्य सम्बद्ध सुविधा देहायका कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष, एकल वा संयुक्त रूपमा लाभ लिन, प्राप्त वा प्रयोग गर्न समेत नपाउने व्यवस्था गरी रोक्का राख्नु पर्नेछ:-

(क) सूचीकृत व्यक्ति, समूह वा सङ्गठन,

(ख) सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व वा नियन्त्रणमा रहेका सङ्गठन,

(ग) सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको तर्फबाट वा निर्देशनमा कार्य गर्ने व्यक्ति वा सङ्गठन।

(२) उपनियम (१) बमोजिमको कार्य गर्न प्रयास गर्दाको सम्पत्ति तथा कोष, आर्थिक साधन, स्रोत, वित्तीय वा अन्य सम्बद्ध सुविधा सूचक संस्थाको दायराभित्र रहेको भए रोक्का राखी सोको जानकारी नियमनकारी निकाय र वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ।

(३) ऐनको २९छ. को उपनियम (१) वा (२) बमोजिमको कार्य सूचक संस्थाको क्षेत्राधिकार बाहिरको विषय भएको वा सूचीकृत व्यक्ति, समूह वा सङ्गठनले कारोबारको प्रयास गरेमा सोको जानकारी समेत नियमनकारी निकाय र वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ।